दार्चुला घटना : ज्यान गुमाएका बालकका परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान

 कात्तिक १३, २०७९ आइतबार १४:३४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर ज्यान गुमाएका पवन महराको परिवारलाई भारतीय निर्माण कम्पनीले १६ लाख रुपैयाँ क्षतिपूर्तिबापतको रकम प्रदान गरेको छ ।

धार्चुलाको एसडीएम कार्यालयमा नेपाली प्रतिनिधिसमेतको उपस्थितिमा आज आइतवार भएको छलफलपछि भएको सहमतिअनुसार तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्तिबापत १० लाख भारतीय रुपैयाँ अर्थात् नेपाली १६ लाख रुपैयाँ उपलब्ध गराएको दार्चुलाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले जानकारी दिनुभयो ।

एसडीएम कम्पनीले सडक निर्माणका क्रममा जिलेटिन विस्फोट गर्दा खसेको ढुङ्गा लागेर बालकको ज्यान गएको थियो । बालककी दिदी १४ वर्षकी सरिना महरा घाइते भएकी छिन् ।

यसैबीच आउँदा दिनमा जिलेटिन विस्फोट गराउँदा दुवै पक्षले पूर्वजानकारी दिनुपर्ने सहमति पनि भएको छ । यो घटनामा भारतीय कम्पनीले क्षतिपूर्ति दिएपछि मृतकका आफन्तले बालकको शव बुझ्ने भएका छन् । शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । प्रक्रिया पूरा गरेर शव परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया