पीएम कप : एपीएफले आर्मीलाई हरायाे

 कात्तिक १३, २०७९ आइतबार १६:४६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । मूलपानी क्रिकेट मैदानमा आज आइतवार भएकाे खेलमा एपीएफले आर्मीलाई ५६ रनले हराएकाे हाे ।

एपीएफले दिएको दुई सय २० रनको लक्ष्य पछ्याएको आर्मी ३२ ओभर १ बलमा एक सय ६३ रनमै अलआउट भयो । उसका हरि चौहानले ६५ र रोहित पौडेलले ५१ रन बनाए । बलिङतर्फ एपीएफका अमर रौटेलाले ४, कमल ऐरीले ३ र किशोर महतोले २ विकेट लिए ।

यसअघि कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर ४ बलमा अलआउट हुँदै दुई सय १९ रन बनायो । उसका प्रदीप ऐरीले ७१ र सन्दीप जोराले ५० रन बनाए । बलिङतर्फ एपीएफका विक्रम सोबले चार विकेट लिए । यस्तै शाहब आल र कुशल मल्लले २/२ विकेट लिए ।

जितसँगै समूह 'ए' मा रहेको एपीएफ दुई अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया