भारतलाई हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लियाे

 कात्तिक १३, २०७९ आइतबार २०:२४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हराएकाे छ । पर्थमा भएकाे खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायाे । 

भारतले दिएकाे एक सय ३४ रनकाे सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायाे । उसका डेभिड मिलरले ५९ र एडन मारकरमले ५२ रन बनाए । बलिङतर्फ भारतका अर्शदीप सिंहले २ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर १ सय ३३ रन बनायाे । उसका सूर्यकुमार यादवले ६८ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ४ र वेन पार्नेलले ३ विकेट लिए । 

याे जितसँगै दक्षिण अफ्रिका ३ खेलमा ५ अङ्कसहित समूह '२' काे तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । भारत ३ खेलमा ४ अङ्कसहित दाेस्राे स्थानमा छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया