पीएम कपमा पुलिसकाे लगातार दाेस्राे जित

 कात्तिक १४, २०७९ सोमबार १३:२३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दाेस्राे जित निकालेकाे छ । लगातार दाेस्राे जित निकाल्ने क्रममा पुलिसले प्रदेश १ लाई ७ विकेटले हरायाे ।

मूलपानी क्रिकेट मैदानमा प्रदेश १ ले दिएकाे १ सय ३ रनकाे सामान्य लक्ष्य पुलिसले १४ ओभरमा ३ विकेट गुमाएर भेटायाे । उसका कुशल भुर्तेलले ४२ र शंकर रानाले २९ रन बनाए । बलिङतर्फ प्रदेश १ का फिरदाेश अनसारी र सिद्धान्त लाेहनीले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे प्रदेश १ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २ रन बनायाे । उसका निरज मुखियाले २९ र अंकित सुवेदीले २४ रन बनाए । बलिङतर्फ ललित राजवंशीले ५ विकेट लिए । यस्तै सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए ।

याे जितसँगै समूह बी मा रहेकाे पुलिस २ खेलमा ४ अङ्क जाेड्दै शीर्ष स्थानमा छ । प्रदेश १ ले भने हारबाट प्रतियाेगिताकाे सुरुवात गरेकाे छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया