ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाले आयरल्यान्डलाई हराएकाे छ । आज साेमवार ब्रिस्बेनमा भएकाे खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले हराएको छ ।
ब्रिस्बेनमा अस्ट्रेलियाले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर १ बलमा एक सय ३७ रन बनाउँदा अलआउट भयो । उसका लागि लोरकन टकरले ७१ बनाए । बलिङतर्फ अस्रट्रेलियाका प्याट कमिन्स, ग्लेन म्याक्सेल, मिचेल स्टार्क र एडम जाम्पाले दुई/दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेट गुमाएर एक सय ७९ रन बनाएको थियो । उसका लागि एरोन फिन्चले सर्वाधिक ६३ र मार्कुस स्टोनिसले ३५ रन बनाए । बलिङतर्फ आयरल्यान्डका ब्यारी म्याक कार्थीले तीन र जश लिटिलले दुई विकेट लिए ।
जितसँगै अस्ट्रेलिया चार खेलमा पाँच अङ्कसहित समूह '१' को दोस्रो स्थानमा पुगेको छ । तीन अङ्क भएको आयरल्यान्ड चौथो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।