पीएम कपमा एपीएफकाे लगातार दाेस्राे जित

 कात्तिक १५, २०७९ मंगलबार १६:२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा सशस्त्र प्रहरीएको एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ ।

आज मङ्गलवार मूलपानी क्रिकेट मैदानमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हरायो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा कुनै पनि विकेट नगुमाइ भेट्टायो । उसका लागि आशिफ शेखले ४२ र प्रदीप ऐरीले २५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि राजु रिजालले २४ रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन जोड्न सकेन । एपीएफका भुवन कार्कीले चार तथा कमल ऐरी र मौसम ढकालले दुई/दुई विकेट लिए ।

एपीएफ चार अङ्कसहित समूह 'ए' काे शीर्ष स्थानमा छ भने सुदूरपश्चिम अङ्कविहीन हुँदै पुछारमा छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया