प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी र गण्डकी विजयी

 कात्तिक १६, २०७९ बुधबार १६:१७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा आज बुधवार भएकाे खेलमा गण्डकी र लुम्बिनी प्रदेश विजयी भएका छन् । 

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई आठ विकेटले हरायो । बाग्मतीले दिएको एक सय ५५ रनको लक्ष्य लुम्बिनीले ३५ ओभर ४ बलमा दुई विकेट गुमाएर भेटायो । उसका लागि देव खनालले नटआउट ७७ रन बनाए । 

यसअघि पहिले ब्याटिङ गरको बाग्मतीका लागि ज्ञानेन्द्र मल्लले ३३ र दुर्गेश थापाले ३२ रन बनाएका थिए । बलिङतर्फ लुम्बिनीका मोहम्मद हुसेनले चार विकेट लिए । 

समूह 'बी' मा एक खेल खेलेको लुम्बिनी दुई अङ्कसहित दोस्रो स्थानमा छ । तीन वटै खेल हारेको बाग्मती पुछारमा छ । 

अर्को खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३२ रनले हरायो । गण्डकीले दिएको दुई सय नाै रनको लक्ष्य पछ्याएको कर्णाली ४७ ओभरमा एक सय ७६ रन बनाउँदा अलआउट भयो । उसका लागि हिमांशु शाहीले ६९ र रवीन्द्र शाहीले ४२ रन बनाए । बलिङतर्फ गण्डकीका सुवाश भण्डारी र चन्द्र पौडेलले तीन/तीन विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको गण्डकीका लागि अभिषेक बस्नेतले ५१, अर्जुन कुमालले ४९ र विधान श्रेष्ठले ४६ रन बनाए । 

लगातार दोस्रो जितसहित गण्डकी समूह 'ए' को दोस्रो स्थानमा पुगेको छ । कर्णाली तेस्रो स्थानमा छ । 

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया