भारतमा पराल जलाउँदा निस्किएको धुवाँको असर नेपालमा, वायु प्रदूषण बढ्यो

 कात्तिक १७, २०७९ बिहीबार ८:१२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - नेपाल मुख्य केही सहरमा वायु प्रदूषण अस्वस्थकर देखिएको छ । आज काठमाण्डौ उपत्यकाको भक्तपुरमा र दाङको तुलसीपुरमा सबैभन्दा धेरै प्रदूषण रहेको पाइएको छ । तुलनात्मक रुपमा तुलसीपुरकाे हावा धेरै दूषित छ ।

आज बिहान तुलसीपुरमा हावाको गुणस्तर मापन (एक्यूआई) १ सय ६९ र भक्तपुरमा १ सय ३७ रहेको छ । त्यस्तै भरतपुरमा १ सय २५ र बुटवलमा १ सय १९ छ । ५० एक्युआईसम्मको हावालाई गुणस्तरीय मानिन्छ। त्योभन्दा धेरै भयो भने स्वास्थ्यका लागि जोखिम हुन्छ ।

भारतमा पराल जलाउँदा निस्किएको धुवाँको प्रदूषण नेपाल भित्रिएको र यसको असर अझै केही दिन रहने अनुमान छ । प्रदूषित हावा थप फैलन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

हरियाणा र पञ्जाबमा किसानले पराल जलाउँदा निस्किएको धुवाँ पश्चिम तराईका जिल्लामा प्रवेश गरेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले जानकारी दिनुभयो ।

नेपालमा कात्तिक/मंसिरको समयमा धान काटेपछि पराल जलाउने गर्नाले प्रदूषण फैलने गरेको छ । यस्तो हावाले स्वास्थ्यमा निक्कै असर गर्ने डाक्टरहरु बताउँछन् । प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या हुनुका साथै आँखा र नाक पोल्ने समस्या बढ्न सक्ने डाक्टरहरु बताउँछन् । गएको वर्ष पनि हिउँदको समयमा काठमाण्डौसहित देशभर प्रदूषण बढेको थियो ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया