पेट्रोल डिजलको भाउ फेरि बढाउने निगमको तयारी

 असोज १६, २०७५ मंगलबार १९:५२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाउने भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेर मासिक घाटा १ अर्ब २९ करोड नाघेको भन्दै निगमले भाउ बढाउने तयारी गरेको हो । नेपाल आयल निगमलाई तेल दिँदै आएको इण्डियन आयल कर्पोरेशनले हरेक १ तारिख र १५ तारिखमा मूल्य सूची पठाउने गर्छ ।आयल निगमले त्यही मूल्य सूचीका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । 

बढेको बेला भाउ बढाउने निगमले घटेको बेलामा भाउ नघटाउने गरेका कारण निगमको आलोचना पनि हुँदै आएको छ । इण्डियन आयल कर्पोरेशनले आज पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई महिनामा १ अर्ब २९ करोड रुपैयाँ घाटा हुनेछ । 

अहिले डिजलमा प्रतिलिटर ४ रुपैयाँ ४३ पैसा, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ४५ पैसा घाटा छ । एक सिलिन्डर ग्यासमा ४ सय ४ रुपैयाँ ७३ पैसा घाटा रहेको निगमले जनाएको छ । 

निगमलाई हवाई इन्धनमा नाफा हुँदै आएको छ, हवाई इन्धनको नाफा जोडेर पनि मासिक १ अर्ब २९ करोड रुपैयाँ घाटामा जाने निगमको प्रक्षेपण छ । निगमले भारतमा भन्दा नेपालमा पेट्रोलियमा पदार्थ सस्तो भएकाले अहिले तस्करी पनि बढेकाले घाटा अझै बढेको दावी गरेको छ ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया