दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित सात सदस्यीय तार्केश्वर उमा कुङ्फु स्कुलको टोली हिजो भारतको पञ्जाब गएको छ।
आज र भोलि हुने प्रतियोगितामा दुई पुरुष र चार महिला खेलाडीले उमा कुङ्फु विधाको किक बक्सिङमा प्रतिस्पर्धा गर्ने छन् ।
पुरुष ५०–५५ केजीमा आर्यन रावल र राजन तामाङ रहेका छन् । महिला ५०–५५ केजीमा साइना महर्जन, २५–३० केजीमा सिम्रिका कुँवर, ३०–३५ केजीमा दर्शना तामाङ र ४५–५० केजीमा प्रशंसा लामा छन् । प्रशिक्षकमा तार्केश्वर उमा कुङ्फु स्कुलका मुख्य प्रशिक्षक एवम् नेपाल उमा कुङ्फु सङ्घका सचिव रमेश महर्जन रहेका छन् ।
टोलीलाई तार्केश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष राधाकृष्ण खड्गी, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने लगायतले बिदाइ गरेका थिए ।
तार्केश्वर उमा कुङ्फु स्कुलका सहायक प्रशिक्षक एवम् उमा कुङ्फुका अन्तर्राष्ट्रिय पदक विजेता सञ्जयराज पुटुवारले खेलाडीले प्रतियोगिताका लागि झण्डै दुई महिनादेखि अभ्यास गरिरहेकाले सहभागी सबै खेलाडीले स्वर्ण जित्नेमा आफू विश्वस्त रहेको दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।