कर्णालीलाई हराउँदै एपीएफ क्लब प्रधानमन्त्री कप क्रिकेटको सेमि-फाइनलमा

 कात्तिक १९, २०७९ शनिबार १६:१०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटको सेमि-फाइनलमा पुगेको छ ।

कर्णाली प्रदेशलाई ४४ रनले हराएसँगै एपीएफ अन्तिम चारमा पुगेको हो । कीर्तिपुर मैदानमा एपीएफले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ११ बल बाँकी छँदै  १ सय ९० रनमा अलआउट भयो । उसका लागि रवीन्द्र शाहीले सर्वाधिक ८० रन बनाए ।

यस्तै, विपीन शाहीले ३४, अर्जुन घर्तीले २७ र दिनेश अधिकारीले २० रन बनाए । बलिङतर्फ एपीएफका मौसम ढकालले ४ तथा भुवन कार्कीले २ विकेट लिए । कर्णाली प्रदेशले कुनै अंक जोड्न सकेको छैन । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया