चुनावमा मतपेटिका साट्न दिइन्न : प्रमुख निर्वाचन आयुक्त थपलिया

 कात्तिक २०, २०७९ आइतबार १८:२६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावमा मतपेटिका साटिन्छ कि भनेर आशङ्का नगर्न आग्रह गर्नुभएको छ । 

आज आइतवार काठमाण्डाैमा आयाेजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरूकाे सामूहिक छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो भनाइ राख्नुभएको हो । उहाँले आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको दोहोर्‍याउँदै आउँदाे चुनावमा त्यस्तो कहीँ कतै हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

'सेक्युरिटी कोड' को आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए पनि फेरिएको मतपेटिकामा आयोगको मतपत्र हुनै नसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ थियाे । उहाँले भन्नुभयो, ‘चुनावमा मटपेटिका साटिन्छ कि भनेर आशङ्का गर्नु पर्दैन । मतपेटिका साट्न दिइन्न । मतपत्रमा सेक्युरिटी कोड हुन्छ । मतपत्रको सुरक्षा गर्न नेपाली सेनाको टुकडी हुन्छ । कसैले कहीँ मतपेटिका साट्न सक्ने सम्भावना छैन । यस्तो खालको आशङ्का नराखिदिन म विनम्र अनुरोध गर्दछु । ’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आफूले चुनावमा मतपेटिका साटिन्छ भन्ने अनुभव कहिल्यै नगरेको पनि बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिताको पालना गराउन आयोग कडाइका साथ लागिपरेको बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने आयोगको अभिभाराप्रति आशङ्का नगरिदिन पनि अनुरोध गर्नुभयो । 

निर्वाचन आयोगले चुनावमा झन्डै १० हजार पर्यवेक्षक परिचालन गर्ने योजना रहेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक मतदान केन्द्रमा कम्तीमा एक जना पर्यवेक्षक परिचालन गर्ने योजना रहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Neel

    Nov. 7, 2022, 1:26 a.m.

    मयदान केन्द्रमै मतगणनाको ब्यबस्था नहुन्जेल डोकामा मतपेटिका बोक्ने परिस्थिति रहुन्जेल सम्भावना देखिन्छ ।आशंका हुन्छ।

  •  0 Reply
  • Dil Bdr dhami

    Nov. 6, 2022, 7:32 p.m.

    उहाँ प्रमुख निर्वाचन आयुक्त थपलियाले कुन कुरोलाई वा कस्लाई ईंगित गर्न खोज्नु भएको ?? के हिजोको जस्तो मतपेटिका साट्न सक्दैनन भन्न खोज्नु भएको हो ?? वा कुनै पार्टी प्रती ईङ्गित गर्न खोज्नु भएको ?? कुनै पार्टी प्रतिको वैमनस्यता प्रकट गर्न खोज्नु भएको हो भने थपलिया ज्यु थाप्लो फुट्न पनि बेर नलाग्ला धेरै केही हुदैन धेरै केही हुन्न कानुन बमोजिम तपाईं माथी आक्रमण गरेको आरोपमा कार्वाही भैजाला तर कसैको उम्मेदवारीनै खारेज गर्न सक्ने अवस्थामा तपाईं रहनु हुन्न । तपाईमा कस्तो खालको गन्ध छ त्यो दुनिलाई थाहा छ । तपाईलाई पनि राजनीतिमा आउने हुटहुटी भए जागिर छोडेर फिल्डमा आउनुस तर त्यस्तो खालको हनुमानगीरी नगर्नुस कृपया यो कुरो थपलियाले सुनुन र मनन गरून्

  •  0 Reply

तपाईको प्रतिक्रिया