पन्तका हत्यारालाई कारबाहीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

 असोज १७, २०७५ बुधबार ११:३५:४९ | उज्यालो सहकर्मी

कञ्चनपुर – कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मीले आज प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदैछन् । १३ वर्षकी निर्मला पन्तको हत्या भएको ६८ दिन पुगिसक्दा पनि दोषी पक्राउ नपरेको भन्दै प्रदेश सरकारलाई दबाब दिनका लागि ज्ञापनपत्र बुझाउन लागिएको महिला अधिकारकर्मी सावित्री सुवेदीले बताउनुभयो ।

केही स्थानीय बासिन्दा र महिला अधिकारकर्मी ¥यालीसहित धनगढी पुगेर मुख्यमन्त्रीको कार्यालय घेराउका साथै निर्मलाका हत्यारालाई तत्काल पक्राउ गर्न माग गर्दै मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाइने सुवेदीले जानकारी दिनुभयो । गएको साउन १० गते साथीको घर जान्छु भनेर हिँडेकी पन्तको ११ गते घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएको थियो । 

घटनाको छानबिनका लागि सरकारले समिति बनाएर प्रतिवेदन प्राप्त गरेपनि दोषीलाई पक्राउ गर्न सकेको छैन । निर्मलाको हत्यामा शंकास्पद मानिएका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, विष्टका छोरा किरण र मेयरका भतिज आयुष विष्टको डिएनए परीक्षण गरे पनि मेल नखाएपछि अनुसन्धान प्रक्रिया नै जटिल बनेको छ । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया