विनाेद चाैधरीकाे चुनाव प्रचारमा गएकाे भन्दै भुवन केसीलाई आयाेगले स्पष्टीकरण साेध्याे

 कात्तिक २४, २०७९ बिहिबार २०:४१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – निर्वाचन आयाेगले चलचित्र विकास बाेर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण साेधेकाे छ । प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले आज बिहीवार चलचित्र विकास बाेर्डका अध्यक्ष केसीलाई स्पष्टीकरण सोधेको हाे । 

नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीको चुनाव प्रचारप्रसारमा सहभागी भएकाेबारे गम्भीर ध्यानाकर्षण भएकाे भन्दै आयोगले स्पष्टीकरण साेधेकाे छ । सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान चुनावमा उम्मेदवार रहेका व्यक्तिको प्रचारप्रसार गरेमा निर्वाचन आयोग ऐन २०७३  को दफा ४४ बमोजिम विभागीय कारबाहीसमेत हुनसक्ने आयाेगले जनाएकाे छ । 

सरकारी पदमा बहाल रहेकाे व्यक्ति कुनै दलका उम्मेदवारको चुनाव प्रचारप्रसारमा सहभागी हुने काम निर्वाचन आचारसंहिता २०७९ को प्रतिकूल हुने भएको भन्दै आयाेगले यस विषयमा स्पष्टीकरण पेस गर्न भनेकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया