पतंजलिले नेपालमा आयुर्वेद तथा योग विश्वविद्यालय स्थापना गर्ने

 असोज १७, २०७५ बुधबार १३:५५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पतंजलि योगपिठ नेपालले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय स्थापना गर्ने भएको छ ।

पतंजलि योगपिठ नेपालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी गराउनु भएको हो ।

बुधबार मण्डिखाटारको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी उहाँले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी अध्ययन, अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्नका लागि सम्बन्धित मन्त्रालयसँग छलफल भइसकेको पनि स्पष्ट पार्नुभयो ।

त्यसैगरी कम्पनीले खेलप्रति इच्छुक बालबालिकका लागि स्पाेर्ट्स विद्यालय स्थापना गर्ने घोषणा पनि गरेको छ । प्रतिभाशाली बालबालिकाहरुलाई अघि बढाउन नेपालमा स्पाेर्ट्स  विद्यालय स्थापना गर्ने सोच पनि बनाइएको अध्यक्ष बालकृष्णले बताउनुभयो ।

नेपाली मूलका आचार्य बालकृष्णले पतंजलि योगपिठले नेपाललाई आयुर्वेद र योगको माध्यामबाट समृद्ध र स्वच्छ बनाउन चाहेको पनि बताउनुभयो । उहाँले नेपालको हित प्रतिकूल आफूहरुले केही पनि सोच्न नसक्ने पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष बालकृष्णले नेपालमा जडिबुटीको खेती गरेर नेपालीलाई नै रोजगारीको अवसर सृजना गर्न आफूहरु केन्द्रित रहेको दावी पनि गर्नुभयो ।

चर्चित योगगुरु रामेदवको स्वामित्व रहेको पतंजलि योगपिठको नेपालमा कम्पनी आचार्य बालकृष्णको नेतृत्वमा सञ्चालित छ । अध्यक्ष बालकृष्णले पतंजलि योगपिठको आयुर्वेदका उत्पादनहरु गुणस्तरहीन रहेको स्वीकार गर्दै त्यसमा सुधार ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया