प्रधानमन्त्री कप क्रिकेट : आर्मीलाई हराउँदै एपीएफ बन्यो च्याम्पियन

 कात्तिक २६, २०७९ शनिबार १७:४४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्रीकप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्बलले जितेको  छ ।

त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।  त्रिभुवन आर्मीले दिएको एक सय ८० रनको लक्ष्य एपीएफले ३८ ओभर तीन बलमा ६ विकेट गुमाएर भेटायो ।

एपीएफको जितमा भुवन कार्कीले ५५, सुमित महर्जनले ३४, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७, शरद भेषावकरले १६, आशिफ शेखले १४ र लोकेश बमले ८ रन बनाए । बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ३९ ओभरमा १ सय ७९ रनमा अल आउट हुँदै एक सय ७९ रन बनायो । ढिला सुरु भएका कारण खेल ४० ओभरमा झारिएको थियो ।

आर्मीका लागि रोहित पौडेलले ४९,  जितेन्द्र मुखियाले २४ र सुशन भारीले १९ रन बनाए । एपिएफका र मौसम ढकाल र अमरसिँह राउटेलाले ३/३ विकेट लिए ।

प्रतियोगिताको विजेता बनेको एपीएफ क्लबले १० लाख रुपैयाँ तथा उपविजेता आर्मीले पाँच लाख रुपैयाँ पुरस्कार पायो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया