सिटी एक्सप्रेसले सुरु गर्‍याे ‘निःशुल्क बस सेवा’

 असोज १७, २०७५ बुधबार १५:४३:५७ | उज्यालो सहकर्मी

काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले नेपालीहरुको महान् चाड दसैँलाई लक्षित गरी ७ दिने  ‘निःशुल्क बस सेवा’ सुरु गरेको छ ।

यो निःशुल्क बस सेवा असोज १७ गते देखि २३ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भई चक्रपथ परिक्रमा गर्नेछ । वैदेशिक रोेजगारीका लागि विदेसिने नेपाली नागरिकलाई लक्षित गरी महान् चाड दसँं मनाउन विभिन्न देशहरुबाट स्वदेश फर्किने यात्रुहरुलाई सहयोग पुगोस् भन्ने भावनासहितसेवा सुरु गरिएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टन्डन, कम्पनीका ब्राण्ड एम्बेस्डर सिताराम कट्टेल (धुर्मुस) र नेपाल आइडल सिजन २ का ११ जना टप फाइनलिस्टहरुले संयुक्त रुपमा रिबन काटेर यो सेवा सुरु गरेका छन् ।

 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया