एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल बलिङ गर्दै

 कात्तिक २८, २०७९ सोमबार ८:५९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाल र यूएईबीचको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा यूएईले ब्याटिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा यूएईले टस हारेर ब्याटिङको निम्तो पाएको हाे । 

नेपाल र यूएईबीचको तीन खेलको एक दिवसीय सुरु भएको हो । नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुनेछ ।

दोस्रो खेल बुधवार र अन्तिम खेल शुक्रवार हुनेछ । यूएईले नेपालसँग पहिलो पटक नेपालमा खेल्न लागेको हो । तर, नेपाल र यूएई एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा लागि परिचित प्रतिद्वन्दी हुन् ।

नेपाल र यूएईबीचकाे एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल मात्रै दुई पटक र यूएई चार पटक विजयी भएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया