चुनावका लागि काठमाण्डौबाट बाहिरिनेको सङ्ख्या बढ्यो

 मंसिर १, २०७९ बिहीबार ७:५०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आउँदो आइतवार हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि काठमाण्डौबाट बाहिरिनेको सङ्ख्या बढ्न थालेको छ ।

कतिपय, बस रिजर्भमा लिएर काठमाण्डौबाट आफ्नो गाउँ घर जाँदै छन् । पार्टीका सम्पर्क समन्वय समिति र उम्मेदवारबाट बस रिजर्भ भएका हुन्। आफैँ टिकट काटेर जानेको सङ्ख्या पनि बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हिजो सार्वजनिक गाडीमार्फत् नै विभिन्न नाका भएर ५५ हजारभन्दा धेरै यात्रु काठमाण्डौबाट बाहिरिएका छन् ।

यो समयमा साढे ४१ हजार यात्रु काठमाण्डौ भित्रिएका छन् । काठमाण्डौ छाड्नेको सङ्ख्या भोलिदेखि अझ बढ्ने अनुमान छ । भोलिदेखि ५ गतेसम्म मतदानस्थल रहेका शिक्षण संस्थाहरू बन्द हुनेछन् । यस्तै, सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने छन् ।

बिदासँगै भोलि शुक्रवार पनि परेकाले  धेरैजसो भोलि र पर्सि गाउँ घर जानेछन् ।  चुनावका लागि झण्डै पाँच लाख यात्रु काठमाण्डौबाट बाहिरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अनुमान छ । निर्वाचन आयोगले भोट हाल्ने दिन मङ्सिर ४ गते अत्यावश्यकबाहेकका सार्वजनिक गाडी चलाउन नपाइने जानकारी गराइसकेको छ ।  

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया