भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो, सूर्यविनायक क्षेत्र तनावग्रस्त

 असोज १७, २०७५ बुधबार २०:२:३४ | उज्यालो सहकर्मी

भक्तपुर – भक्तपुरको वाराहीस्थान चोक, सूर्यविनायकमा एउटा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको छ । मृतकको सनाखत भएको छैन ।

काभ्रेबाट काठमाडौंतर्फ आइरहेको टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएपछि सूर्यविनायक क्षेत्र अहिले तनावग्रस्त रहेको छ ।

स्थानीयको आक्रोशित भिडले टिप्परमा आगो लगाएका छन् । प्रहरीले भिडलाई नियन्त्रणमा लिन लाठीचार्ज गरेको छ । अवस्था तनावग्रस्त भएपछि टिप्परमा लागेको आगो निभाउन गएको दमकल घटनास्थल पुग्न सकेको छैन ।

केही दिनदेखि प्रहरीको मिलेमतोमा काभ्रेको साँगा भञ्ज्याङबाट साँझ पाँच बजेदेखि नै टिप्पर छोडिने गरेको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । बेलुका आठ बजेदेखि मात्रै टिप्पर प्रवेश गर्न पाउने भए पनि प्रहरीले नै चाँडै नै टिप्परलाई प्रवेश दिने गरेको आरोप लाग्दै आएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Shiva karki

    Oct. 3, 2018, 8:18 p.m.

    पुलिसको मिलेमतो !

  •  0 Reply

तपाईको प्रतिक्रिया