कतार विश्व कप फुटबलको तयारी अन्तिम चरणमा : रङ्गशालाभित्र जाँडरक्सी प्रतिबन्ध

 मंसिर ३, २०७९ शनिबार ७:८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  कतारमा हुने फिफा विश्व कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । फिफा विश्व कपको २२औँ संस्करण आयोजनाको जिम्मेवारी पाएको कतारले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। विश्व कप भोलिदेखि सुरु हुँदैछ । १२ वर्षअघि आयोजनाको जिम्मेवारी पाएको कतारले पहिलो पटक विश्व कप खेल्दैछ ।

यो विश्व कपमा ३२ देश सहभागी हुँदैछन् । कतारले निर्माण गरेका ८ वटा रङ्गशालामा खेल हुनेछन् । फिफाले खेल हुने ८ वटा रङ्गशालामा जाँडरक्सीको बेचविखन नहुने जनाएको छ । तर रङ्गशालाको कर्पोरेट क्षेत्रमा रहनेहरूले जाँडरक्सी किन्न सक्नेछन् ।

फिफा र आयोजक देश कतारबीच प्रतियोगिता चलिरहँदा रङ्गशाला वरिपरि बियर बेच्ने कि नबेच्ने विषयमा छलफल हुँदै आएको थियो । अब इजाजत प्राप्त ठाउँमा मात्र जाँड रक्सी बेच्न पाइनेछ । उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।

यो खेल नेपाली समय अनुसार भोलि राति पौने १० बजे सुरु हुनेछ । फिफा विश्व कपको इतिहासमा पहिलो पटक जाडो महिनामा विश्व कप हुन लागेको हो । यसअघि जुन–जुलाईमा विश्व कप हुँदै आएकोमा कतारको गर्मीका कारण विश्व कप नोभेम्बर–डिसेम्बरलाई सारिएको हो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया