दाङ : मतगणना भोलि बिहानदेखि शुरु गरिने, अहिले मतपेटिका सङ्कलनको काम चल्दै

 मंसिर ४, २०७९ आइतबार २०:४:२० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा भोलि बिहानदेखि मतगणना हुने भएको छ । घोराही, लमही र तुल्सिपुर तीन ठाउँबाट भोलि बिहानदेखि मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान सकिएलगत्तै अहिले मतपेटिका सङ्कलनको काम भइरहेको छ । दाङको क्षेत्र नम्बर १ को लमही नगरपालिका, क्षेत्र नम्बर २ को जिल्ला समन्वय समिति र क्षेत्र नम्बर ३ को भू–संरक्षण कार्यालय तुलसीपुरमा अहिले मतपेटिका सङ्कलनको काम भइरहेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । 

मतपेटिका सङ्कलन गर्दा राति १२ बज्ने र आवश्यक तयारी गरि भोलि बिहानैदेखि मतगणना शुरु गर्ने तयारी छ । मतगणनालाई व्यवस्थित र सुरक्षित बनाउनका लागि तारजालीसहित मतगणना स्थल तयार गरिएको  छ । प्रत्येक घण्टा मतगणनाको अपडेट सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकको गणना सुरु हुने छ ।

दाङ जिल्लामा १ सय ५३ मतदान स्थलका ४ सय ६५ मतदान केन्द्रमा मतदान भएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया