काठमाण्डौ ४ मा गगन थापाको अग्रता कायमै, एमालेका भट्टराई ४ सय ४४ मतले पछाडि

 मंसिर ५, २०७९ सोमबार १४:५१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले अग्रता कायमै राख्नुभएको छ । ४ हजार २१६ मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार थापाले २०२५ मत पाउनुभएको छ । उहाँ नेकपा एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४ सय ४४ मतसहित अगाडि हुनुहुन्छ ।

राजन भट्टराईले अहिलेसम्म १५ सय ८१ मत पाउनुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डा.ठाकुरमोहन श्रेष्ठले १९८ मत पाउनुभएको छ भने हाम्रो नेपाली पार्टीका अर्चन शमशेर राणाले ८१ मत पाउनुभएको छ ।

यो क्षेत्रमा जम्मा ४५ हजार ७ सय ५ मत खसेको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया