बर्दिया १ मा कांग्रेसका सञ्जय गौतमको अग्रता, नागरिक उन्मुक्ति पार्टी पछ्याउँदै

 मंसिर ५, २०७९ सोमबार १९:२७:८ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया क्षेत्र नम्बर १ मा सोमबार दिउँसोबाट प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ ।

बेलुका ६ बजेर ३० बजेसम्म ३ हजार ७ सय ५९ मत गणना हुँदा गठबन्धनबाट कांग्रेसका सञ्जय कुमार गौतमले १ हजार १ सय ४५ मत ल्याएर अग्रता लिनु भएको छ ।

यसै गरी नागरिक उन्मुक्ति पार्टी (ढकिया) का ठाकुरसिंह थारुले १ हजार १ सय ३७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेकपा एमालेका लक्ष्मण ज्ञवालीले ९ सय १० मत प्राप्त गर्नुभएको भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुषालले ४८६ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया