सिन्धुलीकाे कमलामार्इमा खुल्याे जेसीबीको नयाँ आउटलेट

 असोज १८, २०७५ बिहीबार १५:५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

 सिन्धुली - एमएडब्लु अर्थमुभर्स प्रालिले सिन्धुलीकाे कमलामाई नगरपालिकामा ‘अथोराइज्ड रिटेल आउटलेट’ सुरु गरेको छ । 

एमएडब्लु अर्थमुभर्स प्रालि नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता हो ।

नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्रर्ताष्ट्रिय स्तरको आफ्टरसेल्स सर्भिस ( विक्री पछिको सेवा) र स्पेयर पार्टस्को सुविधा पाउनेछन् । 

नयाँ आउटलेटको उद्घाटन प्रमुख अतिथि कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री र विशेष अतिथि नेपाली कांग्रेसका नेता मादिक ढकालले संयुक्त रुपमा गर्नुभएको थियो । 

सिन्धुली र आसपासका जिल्लामा विकास निर्माणको कामले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजता र सुलभतामा ध्यानमा राखेर जेसीबीले आधिकारिक आउटलेट सुरु गरिएको अथाेराइज्ड रिटेल आउटलेटेकी प्रबन्ध निर्देशक सुनिता गजुरेलले बताउनुभयो । 

मोरङले जेसीबीका एक्स्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया