आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
रुकुम - रुकुम पूर्वको मतगणनाको नतिजा आउन सुरु गरेको छ।
पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को प्रतिनिधि सभा सदस्यको मतगणना गर्दा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार पुर्ण घर्ती मगर १ हजार ६२० मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
उहाँलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार कैलाश कुमार मल्लले ४६६ मत ल्याउनुभएको छ भने स्वतन्त्र तर्फका उम्मेदवार चन्द्रराज झाँक्रीले ६७ मत ल्याउनभएको छ । राप्रपा नेपालका खिमबहादुर खत्रीको मत १२ रहेको छ ।
त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र नं १ तर्फ स्वतन्त्र उम्मेदवार सुरल पुनको अग्रता छ।
पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना गर्दा स्वतन्त्र उम्मेदवार सुरल पुनले १ हजार २२१ मत ल्याउनुभएको छ भने बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार तेजबहादुर ओली ९८३ र स्वतन्त्रतर्फबाट ध्रुवकुमार पुनले ६५ मत ल्याउनभएको छ ।