बर्दिया-१ मा नागरिक उन्मुक्तिका ठाकुरसिंह थारुकाे अग्रता

 मंसिर ६, २०७९ मंगलबार ७:०:१० | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दिया क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टी (ढकिया) का ठाकुरसिंह थारुले ५ हजार ४२९ मत प्राप्त गरी अग्रता लिनु भएको छ भने कांग्रेसका संजय कुमार गौतमले ४ हजार ८१९ मत ल्याएर पछ्याइरहनु भएको छ ।

त्यस्तै नेकपा एमालेका लक्ष्मण ज्ञवालीले ३ हजार ५१८ मत प्राप्त गर्नुभएको भने स्वतन्त्र पार्टी (घण्टी) का प्रवेश भुषालले १ हजार ५७६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र (चापकल नल्का) बाट रेशम चाैधरीका बुबा लालवीर चौधरीले १२ हजार ८८७ मत ल्याएर अग्रता कायमै गर्नु भएको छ भने गठबन्धनबाट माओवादीका सुरेश पन्थले ८ हजार २०२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपा एमालेका पंकजसिंह राठौरले ४ हजार ६७८ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका विनय रावलले २ हजार ६३२ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया