सप्तरी २ बाट सीके राउत १८ हजार मतान्तरसहित विजयी

 मंसिर ७, २०७९ बुधबार १६:२७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका चन्द्रकान्त (सीके) राउत विजयी हुनुभएकाे छ । उहाँ १८ हजार ६३ मतान्तरले विजयी हुनुभयाे । 

राउतले ३५ हजार ४२ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गर्नुभयाे । यस्तै लाेकतान्त्रिक समाजवादी पार्टी नेपालका जयप्रकाश ठाकुरले ७ हजार ३ सय ४७ मत प्राप्त गर्नुभयाे ।

पृथकतावादी आन्दाेलन छाडेर पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गरेका सीके राउत मधेस अभियन्ता र अध्ययनको हिसाबले इन्जिनियरसमेत हुनुहुन्छ ।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया