सुवास नेम्वाङ र झलनाथ खनालको निर्वाचन क्षेत्रमा भयो विवाद, मतगणना स्थगित

 मंसिर ७, २०७९ बुधबार १७:९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम – सुवास नेम्वाङको उम्मेदवारी रहेको इलाम क्षेत्र नम्बर २ मा विवाद हुँदा मतगणना स्थगित भएको छ ।

गणना भइसकेको मत शील नगरी बोरामा हालेको भन्ने विषयमा विवाद भएपछि मतगणना स्थगित भएको हो । मतगणना स्थगित हुनुभन्दा अघिसम्म एमाले उम्मेदवार नेम्वाङको अग्रता छ । उहाँले १० हजार ४ सय ४० मत पाउनुभएको छ भने कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ९ हजार ५ सय ३४ मत प्राप्त गर्नुभएको छ । 

यस्तै एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनालको उम्मेदवारी रहेको इलाम क्षेत्र नम्बर १ मा मंगलबार रातीदेखि नै मतगणना स्थगित भएको छ ।

प्रतिनिधिलाई नसोधी मतपेटिका खोलेको भन्दै विवाद भएपछि स्थगित भएको मतगणना बुधबार बेलुकीसम्म पनि सुरु हुन सकेको छैन । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया