मधेश केन्द्रित दलको मोर्चाबन्दीका लागि जनमत पार्टीले कार्यदल बनायो
पुस २२, २०८१ सोमबार
काठमाण्डाै - राप्रपा नेपालका अध्यक्ष कमल थापाले पराजय स्वीकार गर्नु भएको छ । एमालेको सूर्य चिह्न लिएर मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावमा उठेका थापाले नतिजा नआउँदै हार स्वीकार गर्नु भएको हो ।
उहाँले अहिलेसम्म २४ हजार ७ सय ७० मत प्राप्त गर्नु भएको छ । उहाँ यो क्षेत्रमा तेस्रो स्थानमा हुनुहुन्छ । राप्रपाका दीपकबहादुर सिंह २६ हजार ७ सय ७१ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना २५ हजार ३ सय १९ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । लगभग हार पक्का भएपछि थापाले सामाजिक सञ्जालमार्फत् हार स्वीकार गर्नु भएको हो ।
यस्तै, उहाँले आफूलाई विश्वास गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिनु भएको छ ।
उहाँले लेख्नु भएको छ : ‘मलाई विश्वास गर्नु भएकोमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद । तर, तपाईँको विश्वास जोगाउन नसकेकोमा दु:खी छु । तपाईँलाई मेरो शुभकामना ।’ यसअघि पनि उहाँले पराजयलाई आफूले सहर्ष स्वीकार गर्ने भन्दै स्टाटस लेख्नु भएको थियो । उहाँले मत दिने सबैमा आभार व्यक्त गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।