अर्घाखाँचीमा टोपबहादुर रायमाझी लगातार चौथो पटक विजयी

 मंसिर ८, २०७९ बिहिबार १४:५०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी लगातार चौथो पटक विजयी हुनुभएको छ । उहाँ ४२ हजार ६ सय ७५ मतसहित विजयी हुनुभएको हो । 

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान उपसभामुख पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गर्नुभयो । रायमाझी १७ सय ३० मत अन्तरले विजयी हुनुभयो । 

एक प्रतिनिधि सभा र २ प्रदेशसभा रहेको अर्घाखाँचीका तीनै सिटमा एमाले विजयी भएको छ । 

प्रदेश सभा (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेश सभा (ख)मा एमालेका रामजीप्रसाद घिमिरे विजयी हुनु भएको हो । 

चेतनारायण आचार्य २० हजार ५ सय १८ मतका साथ विजयी हुनुभयो भने घिमिरेले २२ हजार ७ सय ७६ मत ल्याएर विजयी हुनु भएको हो ।  

निर्वाचित तीनै जना सांसदहरूलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन भएको घोषणा गर्नुका साथै विजय भएको प्रमाणपत्र समेत प्रदान गर्नुभएको छ । 

रायमाझी २०६४ सालमा २०७० सालमा २०७४ सालमा र २०७९ सालमा गरी ४ पटक विजयी हुनुभएको छ । 

अहिले रायमाझी नेकपा एमाले केन्द्रीय सचिव हुनुहुन्छ ।  उहाँ उपप्रधानमन्त्री र पटक–पटक मन्त्रीसमेत भइसक्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया