रौतहट ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी

 मंसिर ८, २०७९ बिहिबार १९:५३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट – रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी हुनुभएको छ ।

नेकपा एमालेका नेता प्रभु शाहले  एमालेले जसपासँग तालमेल गरेकोमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । प्रभु साहले ३२ हजार ४३७ मत ल्याएर विजयी हुँदा अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालले २५ हजार २०० मत ल्याउनुभयो ।

प्रभु साहलाई माओवादीले पनि समर्थन गरेको थियो । 

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • तपेन्द्र भण्डारी

    Nov. 24, 2022, 8 p.m.

    ल बधाई छ!

  •  0 Reply

तपाईको प्रतिक्रिया