रुकुम पश्चिम प्रदेशसभा (ख) मा माओवादी केन्द्रका शर्मा विजयी

 मंसिर ९, २०७९ शुक्रबार ५:४९:४३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिम प्रदेशसभा (ख) मा माओवादी केन्द्रका राजकुमार शर्मा विजयी हुनुभएको छ । २९ हजार ३४५ सदर मतमध्ये शर्माले २० हजार १६० मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर घर्ती मगरले आठ हजार ८७ मत ल्याउनुभएको छ । १२ हजार ७३ मतान्तरले शर्मा विजयी हुनुभएको हो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसीले एक हजार १०७ मत प्राप्त गर्नुभएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार रहनुभएका प्रदेशसभा सदस्यमा विजयी शर्मा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य समेत हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया