बर्दिया १ (ख) मा नागरिक उन्मुक्तिका राजकुमार चौधरी विजयी

 मंसिर ९, २०७९ शुक्रबार ९:२०:५९ | भावुक योगी
unn.prixa.net

बर्दिया -  बर्दिया क्षेत्र नम्बर १ को 'ख' बाट प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका राज कुमार चौधरी विजयी हुनुभएको छ ।

नेकपा एमालेका भक्त बहादुर विकलाई १ हजार ४७ मत अन्तरले हराउँदै चौधरी विजयी हुनुभएको हो।

राज कुमार चौधरीले १३ हजार २३० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका भक्त बहादुर विकले १२ हजार १८३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, गठबन्धनबाट माओवादीका अञ्जु दहितले ११ हजार ४९० प्राप्त गर्नु भएको छ भने स्वतन्त्रका सुभाष पोखरेलले २ हजार ६२० मत ल्याउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया