महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

 मंसिर ९, २०७९ शुक्रबार १२:२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । महिला तथा बालबालिका मन्त्रालयको आयोजनामा काठमाण्डौ उपत्यकालगायत देशैभरका विभिन्न ठाउँमा र्यालीसहित कार्यक्रम गरी अभियानको सुरुवात गरिएको छ ।  

यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाउने गरिन्छ। महिलामाथि हुने हिंसाको स्वरूप र प्रारूप, तौर र तरिकाका अनेक रूपहरू आइरहेका हुन्छन् । यसको अन्त्य आजको समाज र विश्वको आवश्यकता हो।

विश्वमा हरेक ११ मिनेटमा एक महिला वा युवतीको हत्या हुने गरेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले हरेक ११  मिनेटमा कुनै न कुनै माध्यमबाट एक महिला वा युवतीको हत्या हुने गरेको बताउनु भएको हो । उहाँले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि राष्ट्रिय कार्य योजना बनाउन आह्वान समेत गर्नु भएको छ।  

अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवसको अवसरमा उहाँले हिंसा अन्त्यका लागि राष्ट्रिय कार्य योजना बनाएर अघि बढ्न आग्रह गर्नु भएको हो । संयुक्त राष्ट्र सङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेसँगै विश्वभर आज यो दिवस मनाइँदै छ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया