संसदीय समितिका सभापतिको आलोचना नगर्न पत्रकारहरुलाई सभामुखको आग्रह

 असोज १९, २०७५ शुक्रबार १६:३४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय समितिका सभापतिहरुको आलोचना नगर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पत्रकारहरुलाई प्रवेश निषेध गरेको विषयलाई लिएर सभापति शशी श्रेष्ठको आलोचना भइरहेका बेला सभामुख महराले कामै सुरु नभएको भन्दै आलोचना गर्न नहुने प्रतिक्रिया दिनु भएको हो ।

शुक्रबार दसैं, तिहार र छठ पर्वको अवसर पारेर दाङ–काठमाडौं पत्रकार समाजले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले समितिले गृह र रक्षा मन्त्रालयको संवेदनशील विषयमा पत्रकारहरुलाई निषेध गरेर छलफल गर्न सक्ने प्रावधान रहेको पनि स्पष्ट पार्नुभयो । तर आम रुपमा भने पत्रकारहरुलाई कुनै पनि समितिले निषेध नगरेको र नगर्ने सभामुख महराको विश्वास छ ।

सभामुख महराले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विकास तथा प्रविधि समितिको निर्णयमाथि हस्तक्षेप गरेको भन्न नमिल्ने प्रतिक्रिया पनि दिनुभयो । उहाँले सरकारलाई आवश्यक निर्देशन दिने काम संसदीय समितिको स्वायत्त अधिकार भएको पनि स्मरण गराउनुभयो ।

बिहीबार बसेको विकास तथा प्रविधि समितिको बैठकको निर्णय प्रक्रियामा मन्त्री बास्कोटाले हस्तक्षेप गर्नु भएको थियो । सभामुख महराले त्यस सम्बन्धमा आफूलाई विस्तृत जानकारी नभएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया