८२ वटा क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध निर्वाचित
फागुन २८, २०८१ बुधबार
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका अध्यक्षसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार, उनका छोरा तथा अहिलेका अध्यक्ष सुमित रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
हरिनारायाण रौनियार संघीय समाजवादी फोरम नेपालका सांसद हुन् । भ्रष्टाचारको मुद्दा दायर भए लगत्तै उनको सांसद पद निलम्बनका परेको छ । पप्पु कन्स्ट्रक्सनले समयमा नै ठेक्काको काम नसकेको, गुणस्तरहिन काम गरेकोलगायतका आरोप लाग्ने गरेपछि रौनियारले पप्पु कन्स्ट्रक्सनको अध्यक्षबाट राजीनामा दिएर छोरालाई अध्यक्ष बनाएका थिए ।
पप्पु कन्स्ट्रक्सनबाट राजीनामा दिएको भने पनि ठूला–ठूला र महत्वपूर्ण ठेक्का हात पार्न रौनियारले आफ्नो राजनीतिक सम्बन्धलाई प्रयोग गर्दै आएका थिए । बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाटको बबई पुल निर्माणमा गुणस्तरहिन सामग्री प्रयोग भएको, पुल बनाउँदा नै बाङ्गो देखिएको र उद्घाटन नहुँदै भत्किएको लगायतको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
संघीय समाजवादी फोरम नेपालबाट सांसदसमेत रहेका रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको हो ।
गएको वर्ष भएको प्रतिनिधिसभाको निर्वाचनमा पर्साबाट निर्वाचित हुनुअघिसम्म रौनियार पप्पु कन्सट्रक्सनको अध्यक्ष थिए । अहिले उनका छोरा सुमित पप्पु कन्स्ट्रक्सनको अध्यक्ष छन् ।
अख्तियारले पप्पु कन्स्ट्रक्सनको अहिलेका अध्यक्ष सुमितविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीसँग पनि १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो दाबी गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।