८२ वटा क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध निर्वाचित
फागुन २८, २०८१ बुधबार
काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले संसदीय समितिले चिनीको मूल्य तोकेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले प्रतिकेजी चिनीको मूल्य ६३ रुपैयाँ कायम राख्न सार्वजनिक लेखा समितिले सरकारलाई दिएको निर्देशनप्रति आपत्ति जनाउनु भएको हो । बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकले प्रतिकेजी चिनीको मूल्य ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको थियो ।
सोही निर्देशनप्रति मन्त्री यादवको असन्तुष्टि छ । मन्त्री यादवले संसदीय समितिको तोकेका मूल्यमा चिनी बिक्री वितरण गर्ने हैसियत मन्त्रालयको नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले संसदीय समितिको निर्देशन आफूले प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराउने र प्राप्त निर्देशन अनुसार चिनीको मूल्यको सन्दर्भमा आवश्यक निर्णय लिने पनि उल्लेख गर्नुभयो ।
मन्त्री यादवले चिनीको बजार मूल्य बढाउन आर्थिक चलखेल भएको भन्ने आरोपमा सत्यता नरहेको दाबी गर्नुभयो । १ अर्ब ६९ करोड रुपैयाँ कमिशन खाएर सरकारले व्यापारीको पक्षमा चिनीको मूल्य तोकेको भन्ने आरोपप्रति आपत्ति जनाउँदै मन्त्री यादवले यथार्थ छानबिन गर्न संसदीय समिति गठन गर्न बिहीबार नै सभामुख कृष्णबहादुर महरा समक्ष निवेदन दिनु भएको छ ।
चिनीको भाउ गढबढ गर्नेमाथि कारबाही गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै मन्त्री यादवले ‘जे पायो त्यही नलेख्न’ पत्रकारहरुलाई पनि आग्रह गर्नुभयो ।
मन्त्री यादवले जनशक्तिको अभावका कारण बजार अनुगमनको काम प्रभावकारी हुन नसकेको पनि स्विकार गर्नुभयो । उहाँले आफूले नभई प्रधानमन्त्री ओलीको निर्देशन अनुसार चिनीको आयातमा प्रतिबन्द गराउने निर्णय लिनु परेको पनि स्पष्टिकरण दिनु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Shambhu yadav from parsa kuhadi
Oct. 5, 2018, 7:49 p.m.Matrika yadav should not go against parliamentary public hearing account committee.still farmer has not got payment.why?the government should reply us.