समानुपातिकमा एकीकृत समाजवादीको २ लाख ५२ हजार मत कट्यो, माओवादीभन्दा स्वतन्त्र पार्टी अगाडि

 मंसिर १२, २०७९ सोमबार १०:४५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - समानुपातिकतर्फको मतगणना चलिरहँदा एमालेले २५ लाख मत कटाएको छ । कांग्रेसले २४ लाख मत कटाउँदा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६० हजार मत कटाएका छन् । समानुपातिकमा तेस्रो स्थानमा रहँदै आएको माओवादीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उछिनेको छ । राप्रपा पाँचौँ, जसपा छैटौँ र जनमत पार्टी सातौँ स्थानमा छन् । 

यसअघि सातौँ स्थानमा रहेको एकीकृत समाजवादी आठौँ स्थानमा पुगेको छ । एकीकृत समाजवादीले २ लाख ५२ हजार मत कटाएको छ । राष्ट्रिय दलको मान्यता पाउनको लागि झन्डै ३ लाख मत आवश्यक पर्छ । अब झण्डै १५ लाख मत गन्न बाँकी छ ।

निर्वाचन आयोगले ६१ प्रतिशत मत खसेको जानकारी दिएको आधारमा चुनावमा १ करोड ९ लाख मत खसेको अनुमान छ । मत कति बदर भयो भन्ने यकिन भइसकेको छैन । एक करोड मत सदर भयो भने राष्ट्रिय दल बन्नको लागि ३ लाख मत आवश्यक पर्छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया