महानगरले सुकुम्वासी बस्ती हटाउन थालेपछि थापाथलीमा तनाव

 मंसिर १२, २०७९ सोमबार १५:१०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले सुकुम्वासी बस्ती हटाउन थालेपछि काठमाण्डौको थापाथली क्षेत्रमा तनाव भएको छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले यसअघि नै सुकुम्वासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिलाई काठमाण्डौ महानगरपालिकाले पनि साथ दिएको छ ।

आज साेमवार सुकुम्वासी बस्ती खाली गराउन समिति र महानगरको टोली प्रहरीसहित थापाथली पुगेपछि तनाव भएको हो । सुकुम्वासी बस्तीका बासिन्दाले थापाथली क्षेत्रमा टायर बाल्दै प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया