सिंहदरबारमा जुहारी : धोकेबाज हौ तिमी !
माघ २२, २०७९ आइतबार
भारतीय ब्याटर रुतुराज गायकवाडले एक ओभरमा सात छक्का प्रहार गर्दै विश्व कीर्तिमान बनाएका छन् ।
आज साेमवार महाराष्ट्र र उत्तर प्रदेशबीच भएकाे विजय हजारे ट्रफीकाे क्वार्टर–फाइनल खेलमा रुतुराजले ४९ औँ ओभरमा सात छक्का प्रहार गरेका हुन् ।
४९ औँ ओभरकाे एक बल नाे बल थियाे । यसरी उनले एक ओभरमा ४३ रन बनाए । उत्तर प्रदेशकाे तर्फबाट शिवा सिंहले बलिङ गरिरहेका थिए ।
रुतुराज गायकवाडले यस खेलमा सानदान दाेहाेराे शतक पनि बनाए । उनले लिस्ट 'ए' करियरमा पहिलाे पटक दाेहाेराे शतक प्रहार गरेका हुन् ।
— BCCI Domestic (@BCCIdomestic) November 28, 2022
यद्यपि लिस्ट 'ए' क्रिकेटमा एकै ओभरमा ४३ रन बनेको भने यो पहिलो पटक होइन । यसअघि न्युजिल्यान्डकाे लिस्ट 'ए' मान्यता फाेर्ड ट्रफी (२०१८–१९) मा पनि एकै ओभरमा ४३ रन बनेकाे थियाे । सेन्ट्रल डिस्ट्रिकका विलेम लुडिककाे बलमा नर्दन डिस्ट्रिकका ब्रेट ह्याम्पटन र जाेए कार्टले मिलेर ४३ रन जाेडेका थिए जसमा दुई वटा नाे बल पनि थियाे ।