२ गाेलकाे अग्रता जाेगाउन नसक्दा सर्बिया क्यामरुनसँग बराबरीमा राेकियाे

 मंसिर १२, २०७९ सोमबार १७:५९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफा विश्व कप फुटबल प्रतियाेगिताअन्तर्गत आज साेमवारकाे पहिलाे खेल रोचक बराबरीमा सकिएको छ ।

कतारकाे अल जनाैब स्टेडियममा भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा सर्बिया बराबरीमै रोकिन बाध्य भयो । २९ औँ मिनेटमा क्यामरुनका जेन चार्लेस कास्टेलेटाेले गोल गरेर अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयको दुई मिनेटभित्र सर्बियाका स्ट्राहिना पाभ्लोभिच पाभ्लाेभिक र सर्गे मिलिन्कोभिक साभिकले गोल गरेर खेललाई २–१ को अवस्थामा पुर्‍याए । 

फेरि खेलकाे ५३ मिनेटमा एलेकसनदर मिट्राेभिकले गोल गरेपछि सर्बिया ३–१ को अवस्थामा पुगेको थियो । तर क्यामरुनका भिन्सेन्ट एबाेउबकरले ६३ र इरिक म्याक्सिम  चाेउपाे मोटिङले ६६ मिनेटमा गोल गर्दै खेललाई ३–३ गोलको रोचक बराबरीमा ल्याए ।

समूह 'जी' मा दुई खेलमा समान १/१ अङ्कसहित क्यामरुन तेस्रो र सर्बिया चौथो स्थानमा छन् । अब यी दुईले अन्तिम खेल जिते पनि नकआउट राउन्डमा पुग्ने सम्भावना निकै कम छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया