एनपीएल : कर्णालीले सुदूरपश्चिमलाई दियो एक सय दुई रनको लक्ष्य
पुस १, २०८१ सोमबार
चितवन – भरतपुर महानगरपालिकाले अनियमित संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको छ । आज मङ्गलवार एक सूचना प्रकाशन गर्दै भरतपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृतविना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरू हटाउन समय दिइएको छ ।
सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, कम्पाउन्ड वाल, स्वीकृति नलिइ भवनको अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेको अस्थायी पाली, अस्थायी टहरा लयायतको अन्य संरचनाहरू सडकबाट फुटपाथमा गाडी उक्लिन बाटो बन्द हुने गरी बनाइएका स्थायी र्याम्पहरू, नक्सा पासमा बेसमेन्ट पार्किङ स्वीकृत गरी सञ्चालनमा रहेका पसल, गोदाम, रेस्टुरेन्टमा प्रयोग भइरहेको बेसमेन्टहरू हटाउन महानगरले आग्रह गरेको छ ।
महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरलाई सुन्दर र सुसंस्कृति सहरको रूपमा विकास गर्न अवैध संरचना हटाउन लागिएको बताउनुभयो । यस्ता संरचनाले भरतपुरलाई कुरुप बनाउने भएकाले महानगरपालिकाले यो कार्यको सुरुवात गर्न लागेको उहाँको भनाइ छ ।
महानगरले ३५ दिनको समय सीमाभित्र मापदण्डको पालना नगरि निर्माण भएका भवन, संरचना, सीमा पर्खाल र अस्थायी टहराहरू नहटाए 'स्थानीय सरकार सञ्चालन ऐन–२०७४' बमोजिम महानगर आफैँले हटाइ लागेको खर्च सम्बन्धित व्यक्ति, संस्थाबाट असुल गर्ने जनाएको छ । यस्तै महानगरपालिका क्षेत्रभित्र कुनै पनि भवन तथा संरचनाहरू प्रचलित मापदण्ड बमोजिम नक्सा पास स्वीकृति लिएर मात्र निर्माण गर्नुपर्ने व्यवस्था 'स्थानीय सरकार संचालन ऐन–२०७४' ले गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राजदिप घिमिरे
Nov. 30, 2022, 10:22 a.m.नक्सामा बाटो ४ मिटर छ। नक्सापास नगरि २०७२ अघि नै घर बन्यो। त्यो घरले चार मिटर बाटो पनि छोएको छ। अब, त्यो घर के हुन्छ??