विश्वकप फुटबलमा अन्तिम–१६ का दुई खेल तय

 मंसिर १४, २०७९ बुधबार ७:६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा विश्वकप फुटबलमा अन्तिम–१६ का दुई वटा खेल तय भएका छन् । गएराति समूह ‘ए’ र ‘बी’ को समूह चरणका खेल सकिएसँगै नकआउट चरणको समीकरण बन्न थालेको हो ।

समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम–१६ मा पुगेका छन् । त्यस्तै समूह ‘बी’ बाट इंग्ल्यान्ड र अमेरिका नकआउट चरणमा पुगे । नेदरल्यान्ड्सले आयोजक कतारलाई २–० ले हराउँदै समूह ‘ए’ को विजेता बन्यो । उसले ३ खेलमा ७ अंक जोडेको छ । यस्तै सेनेगलले इक्वेडरलाई २–१ गोलले हराएर समूह ‘ए’ को उपविजेता बन्यो । सेनेगलको ६ अंक छ । 

यस्तै समूह ‘बी’ बाट इंग्ल्यान्ड र अमेरिका अन्तिम १६ मा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले वेल्सलाई ३–० गोलले हरायो । इंग्ल्यान्ड ३ खेलमा ७ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा रह्यो । यो समूहमा अमेरिका इरानलाई हराउँदै नकआउट चरणमा पुग्न सफल भयो । अमेरिकाको ५ अंक छ । अब अन्तिम–१६ मा नेदरल्यान्ड्सले अमेरिकासँग डिसेम्बर ३ मा तथा इंग्ल्यान्डले सेनेगलसँग डिसेम्बर ५ मा खेल्नेछ ।
 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया