नेपाल नामिबियासँग फेरि पराजित
फागुन २८, २०८१ बुधबार
धादिङ – उत्तरी धादिङको विकट मानिने कपुरगाउँमा पहिलो पटक प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे पुग्दा गाउँलेले सुरक्षाको माग गरेका छन् ।
नमस्ते ग्रामिण विकाससमाज को १२ औँ साधारणसभा र सामाजिक लेखापरीक्षण कार्यक्रमका लागि हेलिकप्टर चढेर शुक्रबार रुबिभ्याली गाउँपालिका वडा नम्बर –५ , कपुरगाउँ पुग्दा गाउँलेले आफूहरुको सुरक्षाको व्यवस्था हुनुुपर्ने माग गरेका हुन् ।
समक्ष शान्ति सुरक्षा माग गरेपछि प्रजिअ पाण्डेले प्रहरीको युनिटहरु राखेर गाउँका नागरिकलाइ सुरक्षा प्रदान गर्न लागि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रदेश सभा सदस्य जगत सिम्खडाले उत्तरी धादिङ र लापा क्षेत्रको लागि सडक, खानेपानी विद्ध्यालय, स्वास्थ ,सञ्चार र पर्यटन विकासको लागि प्रदेश सरकार लागि परेको र पर्याप्त बजेट विनियोजन गरेको बताउनुभयो।
कपुरगाउँ सदरमुकामबाट ४ दिनको पैदल दूरीमा पर्छ । सडक नपुगेको गाउँमा बिरामी पर्दा समेत उपचारका लागि अस्पताल लैजान समेत कठिन छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bajrangi Singh
Oct. 6, 2018, 10:56 a.m.Sai ho ....