सन्धिखर्क नगरपालिकामा ७५ जना बुहारी सम्मानित
चैत ६, २०८० मंगलबार
बाजुरा – बाजुरामा मतगणना सुरु भएको छ । आज बिहीवार दिउँसाे साढे ३ बजे मतगणना सुरु हुने भने पनि झन्डै साढे दुई घण्टा पछाडि मात्रै सुरु भएकाे हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वदलीय बैठकले साढे ३ बजेदेखि मतगणना गर्ने सहमति गरेको थियाे । तर बैठकमा एमाले नआएपछि गणना सुरु भएको थिएन । आयोगको मतगणना गर्ने निणर्य गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा तेस्रो पटक सर्वदलीय बैठक बोलाएको थियो । तेस्रो पटक नेकपा एमाले सहभागी भएपछि मतगणना गर्ने सहमति भएको हो ।
मङ्सिर ४ गते भएकाे चुनावमा बाजुराको विभिन्न मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै एमालेले पुनः मतदान गर्नुपर्ने निवेदन दिएको थियो । तर निर्वाचन आयाेगले हिजाे बुधवार पुनः मतदान नभइ मतगणना गर्न निर्देशन दिएकाे थियाे ।
बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।