जुवाको अड्डामा प्रहरीको छापा : तेस्रो तलाबाट हाम फालेर भाग्न खोज्ने दुई जनाको मृत्यु

 असोज २०, २०७५ शनिबार ८:०:४४ | उज्यालो सहकर्मी

काठमाडौं – काठमाडौंको मूलपानीकाे एउटा घरमा जुवातास खेलिरहेकालाई प्रहरीले पक्रने क्रममा २ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा मूलपानीको सरोज घले र सिन्धुपाल्चोक भोटेचौरका सोमलाल तामाङ रहेका प्रहरीले जनाएको छ । घर बाहिरको च्यानल गेटमा ताला लगाएर जुवा खेलाइएको टेण्डी शेर्पाको घरमा प्रहरीले छापा मार्दा भाग्ने क्रममा घरको तेश्रो तल्लाबाट हामफाल्दा उनीहरुको ज्यान गएको प्रहरीको दावी छ । 

जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रहरी नायब उपरीक्षक डीएसपी होमेन्द्र बोगटीको नेतृत्वमा खटिएको टोली शेर्पाको  घरमा पुगेको थियो । प्रहरी पुग्नेबित्तिकै जुवा खेलिरहेका २ जना तेश्रो तल्लाबाट हाम फालेका थिए । हामफालेका दुवै जनालाई ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पताल लगिएकोमा उपचारका क्रममा दुवै जनाको ज्यान गएको प्रहरीको दावी छ । 

अहिले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोे ललितपुर प्रहरीले जनाएको छ । प्रहरीले त्यही घरमा जुवा खेलिरहेका २३ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ४ लाख रुपैयाँ नगद र केही सुनका गरगहनासमेत बरामद गरेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया