८२ वटा क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध निर्वाचित
फागुन २८, २०८१ बुधबार
भारतको हिन्दुस्तान टाइम्समा कार्यरत नेपाली पत्रकार प्रशान्त झामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।
नेपाली सञ्चार माध्यममा स्थापित भएर भारतीय पत्रिकामा सरेका झामाथि हिन्दुस्तान टाइम्सकै एक पूर्व महिला पत्रकारले यौन दुव्र्यवहारको आरोप लगाएकी हुन् । झाले वकीलसमेत रहेकी हिन्दुस्तान टाइम्समा कानुन बिट हेर्ने महिला पत्रकारलाई यौन दुर्व्यवहार गरेको समाचार भारतीय अनलाइन फर्स्ट पोष्टले छापेको छ ।
सन् २०१४ मा ती महिला हिन्दुस्तान टाइम्समा आवद्ध भएकी थिइन् । त्यहाँ उनले झालाई भेटिन् । दुवैको डेस्क नजिक थियो । दुवैबीच राम्रो मित्रता भयो । ती महिला पत्रकारलाई झाले कामको आदर गरेको लाग्न थाल्यो ।
एक दिन झाले खाना खान बाहिर जान प्रस्ताव राखे । त्यसलाई उनले सहजै स्वीकारिन् । त्यसपछि झाले प्रेमको प्रस्ताव राखेको ती महिला पत्रकारले आरोप लगाएकी छिन् । ‘तिमी विवाहित हौ, तिमीप्रति मलाई कुनै रुची छैन, आइन्दा यस्ता कुरा नगर’ भनेर इन्कार गरिरहँदा पनि झाले बारम्बार सन्देश पठाइराखेकाले दिक्क भएर सन् २०१६ मा हिन्दुस्तान टाइम्स छाड्नु परेको ती महिला पत्रकारको दावी छ ।
पहिलोपल्ट प्रेमको प्रस्ताव राखेको र आफूले तिमी विवाहित हौ भनेर स्मरण गराएको भोलिपल्ट झाले पठाएको व्यङ्ग्यात्मक सन्देशमा लेखेका थिए, ‘तिम्रो साध्वी सुझावको लागि धन्यवाद ।’
सन् २०१७ को अक्टोबरदेखि अमेरिकाबाट सुरु भएको #MeToo अभियानअन्तरगत विश्वभरका महिलाहरुले आफूहरुमाथि आफ्नै सहकर्मी पुरुषहरुले गरेको यौन दुर्व्यवहारका बारेमा खुलेर बोल्दै आएका छन् ।
पछिल्लो समय भारतमा पनि यो अभियानका रुपमा बढेको छ । धेरैजना सेलिब्रिटीहरु आफूमाथि भएको दुर्व्यवहारका बारेमा बताउन थालेका छन् । पछिल्लो समय बलिउड अभिनेत्री तनुश्री दत्ताले आफूमाथि बलिउड अभिनेता नाना पाटेकरले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि बलिउडमा तरङ्ग नै पैदा भएको छ ।
त्यस्तै पछिल्लो समय पत्रकार महिलाहरुले पनि आफूमाथि न्यूज रुममै पुरुष सहकर्मीहरुबाट दुर्व्यवहार भएको आरोप लगाउँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
narayan
Oct. 7, 2018, 10:31 p.m.नेपाली नारी पनि अघि आउनुपर्ने बेला आइसक्यो /