बाजुरामा मतगणना पुनः सुरु

 मंसिर १६, २०७९ शुक्रबार १७:४५:१३ | निमेन्द्र शाही
unn.prixa.net

फाइल फाेटाे

बाजुरा – बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावकाे मतगणना पुनः सुरु भएको छ । प्रतिनिधि सभाको मतगणना आज शुक्रवार बिहानदेखि राेकिएकाे थियाे भने प्रदेश सभाको मतगणना दिउँसोदेखि राेकिएकाे थियाे । अहिले दुवै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ ।

राजनीतिक दलसँगको सहकार्यमा रोकिएको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ३० मत बढी आएपछि विवाद भएको थियो । 

प्रदेश सभा (ख) मा बुढीगङ्गा नगरपालिका ३ को मतदान केन्द्रमा मुचुल्कामा तीन सय ५० रहेकोमा कर्मचारीले कम्प्युटरमा इन्ट्री गर्दा दुई सय ५० भएको पाइएपछि विवाद भएको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया