विश्व कप फुटबल : फ्रान्स र पोल्यान्ड तथा इङ्ल्यान्ड र सेगेनल खेल्दै

 मंसिर १८, २०७९ आइतबार ८:६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कतारमा भइरहेकाे फिफा विश्व कप फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज साविक विजेता फ्रान्स र पोल्यान्ड  तथा इङ्ल्यान्ड र सेगेनल खेल्दैछन् । 

अल थुमामा मैदानमा हुने पहिलाे खेल अन्तर्गत बेलुकी पौने ९ बजे फ्रान्स र पोल्यान्ड खेल्दैछन् । यस्तै, दाेस्राे खेल अल बयात स्टेडियममा इङ्ल्यान्ड र सेगेनलबीच राति पौने १ बजे सुरु हुनेछ। 

फ्रान्स समूह 'डी' को विजेता र पोल्यान्ड समूह 'सी' को उपविजेता बन्दै अन्तिम १६ अर्थात् नकआउट चरण  पुगेको हो । इङ्ल्यान्ड समूह 'बी' को विजेता र सेनेगल समूह 'ए' को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेकाे हाे । यी खेलबाट विजयी हुने टाेली क्वाटर फाइनलमा पुग्नेछन् । 

यसअघि गएराति भएकाे खेलमा विजयी भएका अर्जेन्टिना र नेदरल्यान्ड्स क्वाटर फाइनलमा प्रवेश गरिसकेका छन् ।अर्जेन्टिना अस्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हाे भने नेदरल्यान्ड्स अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा पुगेको हाे। 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया